Showing posts with label helicopter crash. Show all posts
Showing posts with label helicopter crash. Show all posts

Wednesday, February 27, 2019

अलविदा रवीन्द्र ! यसरी भएको थियो हेलिकोप्टर दुर्घटना-POWER NEWS

अलविदा रवीन्द्र ! यसरी भएको थियो हेलिकोप्टर दुर्घटना-POWER NEWS

पाइलटले पाथिभराबाट उड्न सक्दिनँ भनेको केहीबेरमै दुर्घटना

पाइलटले पाथिभराबाट उड्न सक्दिनँ भनेको केहीबेरमै दुर्घटना
ताप्लेजुङको फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो। जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए।

डाइनेस्टीको कलसाइन एएस३५० हेलिकोप्टर दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो।

काठमाडौंबाट पाइलट प्रभाकर केसीले बिहान ८ बजे ७ जनाको टोलीलाई लिएर तेह्रथुमको चुहानडाँडाका लागि प्रस्थान गरेका थिए। चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न उक्त टोली गएको हो।

निरीक्षण गरेर टोली ताप्लेजुङको पाथिभरा मन्दिर पुग्यो। उनीहरुले त्यहाँ दर्शन गरे र काठमाडौं फर्कने तयारी थाले। तर मौसम निकै खराब थियो। हिमपात समेत परेकाले चालक केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरलाई सम्पर्क गरी 'तत्काल पाथिभराबाट उड्न सक्दिनँ, केही समय पर्खौं र हेरौं' भनेर जानकारी गराएका थिए।

एक्कासि दिँउसो २ बजेतिर मात्रै हेलिकोप्टर हराएको सूचना टावरले पाएको थियो। तर, हेलिकोप्टरले कतिखेर पाथिभराबाट उडान भरेको थियो भन्ने विमानस्थल टावरलाई सूचना थिएन।

ताप्लेजुङमा बिहानैदेखि कुहिराे लागिरहेकाे र पानी पनि परिरहेकाे छ।

उक्त दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया र पाइलट केसीको निधन भएको छ।