Showing posts with label Society. Show all posts
Showing posts with label Society. Show all posts

Sunday, November 6, 2016

बदलिएन अन्तरजातीय बिवाहालाई समाजले हेर्ने नजर !

बदलिएन अन्तरजातीय बिवाहालाई समाजले हेर्ने नजर !
भनिन्छ मानिस दुनियामा एक चेतनसिल तथा स्वतन्त्र प्राणी हो ! हरेक मान्छे आफ्नो ईच्छा पुरा गर्न प्रयत्नशील रहन्छ ! मानिसले आफ्नो इच्छा पुरा गर्ने सिलसिलामा अरुको इच्छाको हनन नहोस साथै समाजमा अपराधिक क्रिया कालाप नहोस भनेर जुगौदेखी सामजिक स्तरमा विभिन्न खाले परम्परागत नियम लागु हुँदै आईरहेका हुन्छन् ! यस्ता नियमहरु समयको एक कालखण्ड सम्म सहि जस्तो देखीय पनि समाज परिवर्तनसंगै परिवर्तन हुन् जरुरि हुन्छ ! समाजको परिवर्तित विचार, सभ्यता, शिक्षा संगै परम्परागत चल्दै आईरहेका हरेक मान्यता तथा नीति नियम पनि परिवर्तन हुन् सकेनन भने यहि समाजमा बिध्यमान एक उमेर समूह, जाति, धर्म, भाषी तथा विविध समूहले कुनै न कुनै पिडा भोग्नु पर्ने बाध्यता हुन् जान्छ ! बिकसित देशहरुमा यस्ता परम्परागत नियमहरुमा समयानुसार परिवर्तन भए पनि हाम्रो देश नेपालमा यो एक्काइसौ सताब्दीमा पनि त्यस्ता पुराना अतिबादी सोच तथा सामाजिक मान्यता कायमै छन् ! जसले गर्दा समाजका एक पक्ष्यले अहिले पनि दुखको परकास्ट भोग्नु पर्ने मात्र हैन कति पयले त आफ्नो ज्यान समेत गुमाउनु परेको छ ! यस्तै अहिले पनि समाजमा बिध्यमान परम्परागत सामाजिक नियम मध्ये अन्तर्जाती बिवाह युवा पिढीहरुको लागि एक चुनौतीको रुपमा कायमै छ ! बिगत केहि बर्ष यता देशमा घटेका हिंसात्मक घटना मध्य धेरै जसो अन्तरजातीय बिबाहको कारण भएको देखिन्छ ! अन्तर्जातीय बिबाहकै कारण समाजबाट बहिस्कार मात्र हैन कतिपयेले ज्यान समेत गुमाउनु परेको खबर बेला बेला विभिन्न पत्र पत्रिका तथा समाचारमा सुन्दै आएका छौ ! केहि समय यता सरकारले अन्तरजातीय बिबाह गर्नेलाई प्रोत्सानको लागि केहि भत्ता दिने निर्णय गरे पनि देशमा यस्ता अन्तरजातीय बिबाह गर्ने जोडी भने खासै बढेको देखिदैनन ! यसको मुख्य दोष समाजले यस्तो विवाहलाई मान्यता नदिनु नै हो ! सरकारले कानुन बनाई अन्तरजातीय बिबाहलाई प्रोत्सान दिन खोजे पनि समाजले उक्त कानुनको पालना नगरेको तथा सरकार पनि कानुन पालना गराउन चुकेको देखिन्छ !
केहि समय अघि बारा जिल्लामा अन्तरजातीय बिवाह गर्ने जोडीलाई सरकारले रकम उपलब्ध गराउने घोषणा गरे संगै अन्तर्जाती बिवाह गरेका एक दम्पतिलाई गाउबाट निकालिएको छ ! अन्तरजातीय बिवाह गरेको आरोपमा नरही गाविस ८ का २१ वर्षीय नबिजान मियाँ धुनिया र सोही गाउँकी १९ बर्षिय नितम चौधरी गाउँबाट निकालिएपछि डेढ बर्षदेखि जिल्लाको गढिमाई नगरपालिका ४ स्थित सिमरामा डेरामा बस्दै आएका हुन। 

विबाह गरेर घर फर्किए लगत्तै नितमका बाबु जनक र काका उमेश चौधरीले नबिजानलाई गाउँ छोडेर अन्यत्र जान अन्यथा र जे पनि हुन सक्ने धम्की दिन थालेपछि घरमा बस्न नसकेर दुबैले गाउँ नै छोडेका हुन । माथिल्लो जातको केटीसँग बिवाह गरेको आरोपमा उनलाई गाउँ छोडन धम्काइएको हो। ' गाउँमा बस्न दिँदैनौ भन्दै धम्क्याउन थाले,' नविजानले भने, 'त्रासले बस्नै नसकेपछि घर छोडेर डेरामा बस्नुपर्‍यो। 

यसै गरि लावानी गा.वि.स. ५ कपिलबस्तुका दलित परिवारका २१ बर्षिय बिनए कुमार हरिजन र १९ बर्षिय सिता चौधरी जुलाई २७, २०१४ देखि हराए भनेर रिपोर्ट पर्यो । उनीहरु दुवै जना एकै स्कुलका बिद्यार्थी थिए ! यो घटना पछी केटाका परिवारलाई गाउबाट निकाला गरियो यति मात्र हैन केटिको परिवारले केटि फिर्ता नगरे ज्यान मर्ने धम्कि समेत केटाका परिवारलाई दिए ! र केटिकि आमा गुजराती चौधरीले उक्त घटनालाई लिएर केस समेत हालिन फलस्वरूप केटाका काका रामेस्वर हरिजन बिना कारण पक्राउ परे ! पछि दलितसंगको प्रेसरमा उनलाई छुटाईयो !  http://kathmandupost.ekantipur.com/printedition/news/2014-08-30/inter-caste-marriage-creates-commotion.html

अन्तर्जातीय विवाह गरेका कारण जाजरकोट गोर्खाकोट३ का गणेश चदारा र सोही ठाउँकी ज्योति शाह गाउँबाटै विस्थापित हुनु परेको छ । घरमा बस्न नपाएपछि यो जोडी गत २३ कात्तिकदेखि सदरमुकाम खलंगामा विस्थापित जीवन बिताउन बाध्य भएको छ । गत ९ कात्तिकमा अन्तरजातीय विवाह गरेपछि माइती पक्षबाट आक्रमण प्रयास भएपछि उनीहरू भागेर खलंगामा पुगेका हुन् । गाउँमा गए ज्यान मार्ने धम्की र आक्रमण प्रयास हुन थालेपछि गत कात्तिकदेखि सदरमुकाममा बस्न बाध्य भएको पीडित गणेश सुनारले बताए । अन्तरजातीय विवाहका कारण गणेश र ज्योति मात्र होइन गणेशका बाबु कमारो चदारा, बहिनी यमुना चदारा, दाइ राजेश चदारा, भाउजू कल्पना चदारा र भतिज निश्चल चदारा पनि चार महिनादेखि सदरमुकाममै विस्थापित जीवन बिताइरहेका छन् । 

गाउँ गए ज्यानै जाने खतरा भएपछि सदरमुकाममै बसेका छौं,’ पीडित गणेशका बाबु कमारो चदाराले भने । राज्यका निकाय, राजनीतिक दल, मानव अधिकारवादी, सञ्चारकर्मीसँग जीवन सुरक्षा र घरमा निर्धक्कसँग बस्न पाउने वातावरण बनाइदिन उनले आग्रह पनि गरे ।
गाउँमा बस्न नपाएका कारण छोराबुहारीले पढ्नसमेत नपाएको गणेशका बाबुले दुखेसो गरे । ८ कक्षामा पढ्दादेखि नै प्रेममा परेर उनीहरूले २०६७ सालमा भागेर विवाह गरेको थिए । तर, पछि ठकुरीकी छोरीले दलितको छोरासंग बिहे गरेको भन्दै ज्योतिका बाबु उत्तमकुमार शाहले ज्योतिलाई फिर्ता लगेका थिए । आफूलाई पनि ज्यान मार्ने धम्की दिँदै ज्योतिलाई कुटपिटसमेत गरेको गणेशले बताए । http://www.rajdhani.com.np/article/0167091001454215938

धधबार६ ढकेला बस्ने हस्तवहादुर र तिलसराले ०६२ सालमा प्रेम विवाह गरेका हुन् । बिहे गरेपछि तिलसरा माइती गएकी छैनन् । तल्लो जातसँग बिहे गरेको भन्दै उनलाई माइतीले छेकबार लगाएका हुन् ।
उनीहरु अझै पनि अन्तरजातीय विवाह गरेकै कारण अपहेलित भएका छन् । हस्तवहादुरले भने, गाउँमा बस्न नै गाह्रो भयो, छरछिमेकले बोलचाल गर्न छाडे र अपहेलना भइराखेकै छ ।
विवाहपश्चात तिलसराको माइती पक्षले उनलाई श्रीमानसँग छुटाएर फर्काउने प्रयास गरेको थियो । तिलसरालाई फर्काउनकै लागि हस्तवहादुरमाथि पटक पटक आक्रमणसमेत भयो । तर उनीहरुको प्रेम नटुटेपछि माइतीले तिलसराका लागि माईत जान सदैको लागि बन्द गरिदिए । उनीहरुका दुई सन्तान पनि भइसकेका छन् । तर बालबालिकाको पनि मावली आउने, जाने र बोलचाल छैन । बुबा आमाले माइत जान दिएका छैनन, तिलसराले आँसु पुछ्दै भनिन्,’यी केटाकेटीको के गल्ती थियो र ? उनीहरुले पनि मावली जान पाएका छैनन् । गैरदलितकी छोरी बिहे गर्दा आफू पनि आफन्त र छरछिमेकबाट टाढा हुनु परेको हस्तबहादुरको भनाई छ । २१ औँ शताब्दीमा पनि मान्छे भएर पशुको व्यवहार किन गरिन्छ ? ‘उनले भने,’हामीलाई त पशुजस्तै गरे ।  http://kathmandutoday.com/2014/06/46156.html

कुनै बेलाको चर्चित लोकगीतसँगै सयौं गीतमा स्वर भरेकी लोकगायिका माया गुरुङ (देवीमाया) ले नेपाली नागरिकता खोज्दै सरकारी कार्यालय धाउन थालेको वर्षौं बितिसक्यो ।
उनका पतिको परिवारले अन्तरजातीय विवाहलाई स्वीकार नगर्दा मायामात्र होइन उनका पति, तीन छोरी र दुई छोरा नागरिकताबाट वञ्चित भएका छन्- ।

लमजुङ बेसीसहर नगरपालिका-१५ नाल्मा डाँडागाउँका लेखमान गुरुङ र मायाले गरेको अन्तरजातीय बिहेलाई लेखमानका बुबाले अस्वीकार गरी उनलाई नै छोरा मान्न अस्वीकार गरेपछि यो समस्या सिर्जना भएको हो। प्रेमसम्बन्धमा परेपछि हाम्रो बिहे नहोस् भनेर धेरै प्रयास भयो,’ मायाले भनिन्, ‘हाम्रो चोखो प्रेम थियो, एकअर्काप्रति विश्वस्त थियौं, जीवनमरणसँगै गर्ने कसम खाएर बिबाहबन्धनमा बाँधिएका थियौं। गाउँमा समाजसेवीका रूपमा चिनिएका मनिराजले अन्तरजातीय बिहे गरेपछि लेखमानलाई छोरा नै हैनभन्ने गरेका छन्। विवाह गरेको पाँच वर्ष भएदेखि नागरिकताका लागि पहल थालेकी मायाले अहिलेसम्म पनि प्रमाणपत्र पाउन सकेकी छैनन्। उनी त्यसबेला गाविसको सिफारिसका लागि गाविस सचिवकहाँ पुगे पनि आवश्यक कागजात नहुँदा रित्तै फर्किनुपर्यो। त्यसयता उनले नागरिकताका लागि लगातार पहल गरिरहेकी छन्। http://dev.lokaantar.com/chhapama/11102

एक अन्तरजातीय विवाहले यस्तो दर्दनाक हत्याको कारण बन्यो
अन्तरजातीय विवाहले अजित मिजार ढकालको मृत्युको यात्रा दिलाएको खबर सेलाउन नपाउँदै पोखरामा अर्का एक जोडीले आफ्नो अमूल्य जीवन गुमाए । स्याङ्जाको किचनास३ का सञ्जीव नेपाली र पौवेगौडे२ की सोनम रेग्मीको जीवनले पूर्णविराम पाएको यो दर्दानक हत्याको कारण पनि अन्तरजातीय विवाह थियो ।

सञ्जीव र सोनमको विवाहले विशेष गरी सोनमको परिवार खुशी थिएन । सञ्जीव दलित परिवारका थिए भने सोनाम आफुलाई उपल्लो जातको भनिने बाहुन परिवारकी छोरी । कलिलै उमेरमा (१७ वर्ष) भागेर प्रेम विवाह गरेका यी दुई जोडीको विवाह भएको ५ वर्षपछि मृत्यु हुनुमा हाम्रो समाज कत्तिको दोषी छ ? यसको लेखाजोखा बिदेशमा बस्ने नेपालीहरुले पनि उत्तिकै गर्नेगरेका छन् ।

सञ्जीव विगत १९ महिनादेखि यूएईमै कार्यरत रहेको र श्रीमती सोनमको हत्या गरी आत्महत्या गर्नु भन्दा १ दिनअघि मात्र उनी नेपाल आएका थिए । नेपालका केही मिडियाले अन्तरजातीय विवाहका कारण भएको उक्त दुःखद् घटनालाई सोनमको रुपसँग जोडेर उनको रुपलाई कारण बनाउँदै दलित अधिकार र छुवाछूतविरुद्धको आन्दोलनलाई कमजोर बनाउने काम भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् । यस बाट मिडिया पनि अंतर्जातिय बिवाहको बीरुधमा देखिन्छ !

घटनाक्रम के थियो ?
सञ्जीव नेपाली र सोनम रेग्मीबीच किशोरावस्थामै माया प्रेम बस्यो । हुर्कदै गएको प्रेम परिवारले स्वीकार नगर्ने भएपछि दुवैले भागी विवाह गरे । तर सोनमको परिवारले स्वीकार गर्न सकेन । केही दिनमै सोनमको माइती पक्षले केटाबाट खोसेर सोनमलाई लगे । तर सञ्जीवले पुनः सोनमलाई फर्काए ।

विवाह भएको ३ वर्षसम्म सामान्य जीवन बिताइरहेका यी दुई जोडीलाई आर्थिक अभाव खड्केको थियो । सोनमलाई माइती पक्षले अपहेलना गर्दै कुनै पनि सहयोग नगरेको र सञ्जीवको पनि आर्थिक अवस्था राम्रो नभएकाले दुवै जनाको सल्लाह अनुसार नै १९ महिना अगाडि सञ्जीव अबुधाबीस्थित लुलु हाइपर मार्केटमा वैदेशिक रोजगारका लागि आएका थिए । पछिल्लो समय सञ्जीवका यी दुई जोडी सँगसँगै रहँदा सोनमका माइतीले वास्ता नगरे पनि सञ्जीव विदेश गएको भन्ने खबर सुनेपछि भने फेरि उनीहरुलाई छुटाउने प्रयास सुरु गरे । माइती पक्षले सञ्जीव दलित भएको, पढालेखा पनि नभएकाले छोरी सोनमलाई अस्ट्रेलिया पठाइदिने भनी फकाए । सोनमले पछिल्लो समयमा माइती पक्षकै उक्साहटमा अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गरिन् ।

उनीहरुले सञ्जीवको जानकारी र अनुमतिबिना नै छोरी सोनमलाई पोखरा८ चालिसे मार्गस्थित दामोदर चालिसेको घरमा कोठा भाडामा लिएर राखिदिए । सो खबर पाएका सञ्जीवले आफ्नी श्रीमतीलाई सम्झाउने बुझाउने प्रयास गरे । पछिल्लो ७ महिनामा उनी ३ पटक नेपाल छुट्टी गए । दूरी बढ्दै गएको सम्बन्धलाई फेरि कसिलो पार्ने प्रयास गरे । उनी कसै गरे पनि सोनमलाई छोड्ने पक्षमा थिएनन । उनी भन्थेसँगै जिउने सँगै मर्ने हामीले खाएको कसम पूरा गरेरै छोड्नेछु ।

धेरै प्रयास गर्दा पनि नभएपछि उनी गत साउन ३२ गते मङ्गलबार (१६ अगस्ट) का दिन फेरि कम्पनीमा इमर्जेन्सी छुट्टी मिलाई नेपाल गए । भदौ १ गते बुधबार (१७ अगस्ट) का दिन उनी सोनमलाई खोज्दै खोज्दै दामोदर चालिसेको घरमा पुगे । अनुहारमा मास्क लगाएर बेलुकी ६ बजेतिर पुगेका उनले धारिलो हतियारले सोनमाको हत्या गर्दै आफुले विष सेवन गरी आत्महत्या गरे । घटना भइरहेको कसैले पत्तो पाएनन् । छिमेकीहरुले दुवैजना लडिरहेको देखेपछि घटना स्थलमा पुग्दा सोनमको मृत्यु भइसकेको थियो भने सञ्जीवको मृत्यु अस्पतालमा भएको थियो ।http://www.nepalinewsheadline.com/2016/08/blog-post_51.html?showComment=1477409819644#c2811529443261233173

अन्तरजातीय विवाहले निम्त्याएको दुखान्त

पोष्टमार्टमले खोल्यो प्रहरीको पोल, अजितको आत्महत्या होइन हत्या
काभ्रेको पाँचखाल नगरपालिका-६ होक्सेका १८ वर्षीय अजित ढकाल (मिजार)को मृत्युभएको छ अन्तरजातिय विवाहका कारण । अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी १६ वर्षीया किशोरीसँग असार २५ गते प्रेम विवाह गरेका थिए ।
असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जबर्जस्ती अलग गरियो । त्यसको तीन दिनपछि अजितको लास धादिङमा डोरीमा झुन्डिएको अवस्थामा फेला पर्‍यो । यो शंकास्पद र रहस्यमय मृत्यु थियो ।
दाजु दिपेन्द्रको मुखबाट एउटै कुरा बारम्बार निस्किन्थ्यो, ‘मेरो भाइको कसरी हत्या भयो ? सत्यतथ्य पत्ता लगाइयोस् । दिपेन्द्रका अनुसार काभ्रे प्रहरीले पीडितको उजुरी पनि दर्ता गर्न मानेको छैन ।
अन्तरजातीय विवाह गरेलगत्तै केटीका आफन्तहरुले अजितलाई धम्क्याउन थालेका रहेछन् । तँलाई तीन दिनमा देखाइदिन्छौं,’ भनेर धम्क्याएपछि छोरालाई घरबाहिर नजान सल्लाह दिएको अजितका बुवा हरिभक्तले बताए । विवाह गरी छुटेको तीन दिन नबित्दै अजितको लास धादिङमा पासो लागेको अवस्थामा फेला पर्‍यो । उनको मृत्यु निकै शंकास्पद थियो । अजितकी प्रेमीकालाई आफन्तले घर लैजाँदा अजितलाई मार्ने धम्की दिइएको उनका आफन्त बताउँछन् ।
प्रहरी पनि अन्तरजातीय विवाहकै बिरोधमा !
धादिङको गजुरीस्थित पुरानो काठको यात्रु प्रतिक्षालयमा असार ३० गते विहान दूध बेच्न जाने स्थानीयले डोरीमा झुन्डिएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरे । त्यसपछि कागजीरुपमा पोष्टमार्टम गरी दरौदी खोलामा गाडिदिए ।
प्रहरीले बेवारिसे अवस्थामा भएकाले स्थानीयको सहयोगमा अजितको लास गाडेको उल्लेख गरेको छ । तर, कानुनतः बेवारीसे लास भेटिएमा त्यसका धेरै प्रकृया पूरा गरेर मात्रै लास गाड्न सकिन्छ । यहाँ सामान्य प्रकृया पनि नपुर्‍याइ लास गाडिएको देखियो ।
यति हुँदासम्म पनि मृतक अजितका आफन्तलाई कुनै जानकारी थिएन । धादिङकै एक अनलाइनले झुन्डिएको अवस्थामा फेला परेको अजितका फोटाहरु जब फेसबुकमा सेयर गर्‍यो त्यसपछि बल्ल आफन्तले थाहा पाए कि, अजित यो संसारमा छैनन् । आफन्तहरु धादिङ पुगेर अजितको लास माग्दा प्रहरीले लासलाई पोष्टमार्टम गरेर गाडिसकेको जवाफ दियो ।
त्यसपछि अजितका आफन्तले अधिकारकर्मी गुहारे । राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमार्फत चिठ्ठी पठाएपछि साउन २ गते गाडिएको लास उत्खनन गरेर पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुर्‍याइयो ।
साउन दुई गते बेलुका अजितको लासलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर विडम्बना, धादिङ गजुरी प्रहरीले पोष्टमार्टम गरिसकेकाले फेरी पोष्टमार्टम गर्न नपाइने रिपोर्ट दिएर अजितका आफन्तलाई फिर्ता पठाइयो । जबकि उक्त पोष्टमार्टम झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको लास हेर्दा पोष्टमार्टम नै नभएको कुरा सामान्य मान्छेले पनि थाहा पाउँथ्यो ।
राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमा दबाव दिएपछि पुनः पोष्टमार्टमका लागि अनुमति दिइयो । लास ल्याएको तीन दिनपछि साउन पाँच गते पोष्टमार्टम भयो । पोष्टमार्टम रिपोर्टले अजितको आत्महत्या भएको प्रहरी दावीलाई झुट सावित गरेको छ । टिचिङ अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले अजितले आत्महत्या गरेको पुष्टि नहुने भन्दै यसमा थप अध्ययन जारी रहेको बताएका छन् ।http://www.onlinekhabar.com/2016/07/456742/