Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Tuesday, October 24, 2017

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ

उदयपुर–त्रियुगा नगरपालिका–५ प्रहरीले दमौकी बस्ने ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोही ठाउँ बस्ने २८ वर्षीय शंकर राईलाई शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Thursday, August 31, 2017

बसोबासका लागि अति जोखिम मानिने अमेरिकाका यी हुन् १० राज्य

अमेरिकामा भएका ५० राज्यहरु सबै सुरक्षित छैनन। कुनै महङ्गिका हिसाबले, कुनै अपराधका हिसाबले, कुनै रोजगारि त कुनै शिक्षा र प्रिभिलेजका हिसाबले तर, अमेरिकामा यस्ता राज्यहरु पनि छन जहा जलबायु, मौसम तथा प्राकृतिक प्रकोपका हिसाबले अत्यन्तै खतरा तथा बसाइका हिसाबले जोखिमपूर्ण पनि छन । फेडरल इमरजेन्सि म्यानेजमेन्ट एजेन्सिका अनुसार अमेरिकाका १० राज्यहरु जलबायु , मौसम एबम प्राकृतिक प्रकोपका कारण बसोबासका निम्ति खतराजन्य छ । जहा बिगतमा आइपरेका प्राकृतिक बिपत्तिले सयौ मानिसहरुको मात्रै ज्यान हताहत भएनकि अरबौ, अरबौ  डलरको क्षति भयो भने पुनर्निर्माणमा बर्षौ बर्ष बिते। बाढी, पैर्हो, हिउँ पात, आइस, टोरनेडो, स्ट्रोम, हुरिकेन, आगजनि, आतङ्ककारि हमला, भुकम्प, ठन्डि, अधिक ताप अमेरिकाको प्राकृतिक प्रकोपहरु हुन।
यीहुन् अमेरिकाका  १० राज्यहरु जहा बसोबासकालागि उपयुक्त देखिदैन !
१) ओक्लाहामाः- टोरनेडो, ५५ ट्विस्टर स्ट्रम हुरिकेनका कारण यस राज्य प्राकृतिक प्रकोपको अत्यन्त जोखिमयुक्त राज्यको रुपमा लीइएको छ। सन १९९९ आएको हुरिबतासले ३६ जना मरे भने सन १९९५ मा यस राज्यको सरकारि भबनमा गरिएको आतङ्ककारि आक्रमणबाट १६८ जनाले ज्यान गुमाए। सन १९५३ देखि हालसम्म यस राज्यमा ७५ पटक आपतकालिन घोषणा गरिसकिएको छ।

२) क्यालिफोर्नियाः- क्यालिफोर्निया अमेरिकाको अत्यन्त प्राकृतिक प्रकोपका हिसाबले अत्यन्त भर्नेबल राज्यको रुपमा मानिन्छ। जसले आगोलागिका कारण बर्षेनि ठुलो क्षति ब्यहोर्दै आइरहेको छ। यसको अलावा, बाढि पैरो, स्ट्रोम, फ्रिजिङ्ग, सुनामि वेभ अर्को जोखिम हुन यस राज्यमा। भुकम्पको पिडा भोग्दै आइरहेको छ यस राज्यले भने सन १९८९ मा आएको ६ दशमलब ९ रेक्टरको भुकम्प र सन १९९४ मा सनफ्रान्सिस्कोमा आएको भुकम्पले ६३ र ६१ जनाको क्रमश ज्यान गयो। फेडरल इमरजेन्सि म्यानेजमेन्ट एजेन्सिका अनुसार सन १९५३ देखि हालसम्म ७९ पटक प्राक्रितिक प्रकोपका कारण आपतकालिन घोषणा भैसकेको छ यस राज्यमा।

३) टेक्सास- कम्तिमा हरेक बर्ष केहि न केहि प्राकृतिक प्रकोपबाट पिडीत हुदै आएको टेक्सास राज्य अमेरिकाकै क्षेत्रफलका हिसाबले सबैभन्दा दोश्रो ठुलो राज्य हो अलास्का राज्य पछि। एकल तारा राज्यले नामाङ्कित टेक्सासले टोरनेडो, बाढि, भारि बर्षा, आगोलागि, कोस्टल हुरिकेन जस्ता ठुला ठुला प्रकोप ब्यहोर्दै आइरहेको छ। सन १९५३ देखि हालसम्म ८८ पटक प्राक्रितिक प्रकोपका कारण आपतकालिन घोषणा भैसकेको छ टेक्सास राज्यमा। भर्खरै टेक्सासको ह्युस्टनमा आएको भारि बर्षा, ट्रोपिकल ट्रोम हार्बिबाट दर्जनौ मानिस हताहत र हजारौ मानिस घरबारबिहिन भैसकेका छन र बिलियन डलरको क्षति भैसकेको छ र पुनर्निर्माणमा बर्षौ लाग्ने सम्भाबना देखियो।

४) न्युयोर्कः- प्राकृतिक प्रकोप र आतङ्ककारि निशाना रहेको रहेको यस राज्य बसोबासका लागि उत्तिकै जोखिम र खतरायुक्त मानिएको छ। ट्रोपिकल स्ट्रोमबाट बेलाबखत पिडित हुदै आएको यस राज्य सन २०१२ को स्याण्डी हुरिकेनले तहसनहस भयो। जहा ५० जना मरे भने अरबौ अरब डलरको क्षति ब्यहोर्यो यस राज्यले। मौसम तुषारापात, हिउपात, फ्रिज, ठन्डी यस राज्यको अर्को जोखिम हो। सन २००१ सेप्टेम्बर ११ को वर्ल्ड सेन्टरमा गरिएको आतङ्ककारि हमलाबाट क्षतबिक्षत भएको यस राज्य सन १९५३ देखि हालसम्म ६८ पटक आपतकालिन इमर्जेन्सि घोषणामा परिसकेको छ।

५) फ्लोरिडाः- सन १९५० देखि बिभिन्न स्ट्रमबाट पिडीत हुदै आएको यस राज्यलाइ सन २००५ को क्याट्रिनाले क्षतबिक्षत बनायो भने तापक्रममा हुने अत्यधिक ब्रिदि यस राज्यको अर्को पिडा हो। सन १९५३ देखि हालसम्म यस राज्यमा ६७ पटक आपतकालिन घोषणा भैसकेको छ।

६) लुजियानाः- सन २००५ मा आएको क्याट्रिनाले क्षतबिक्षत बनाएको यस राज्यमा त्यसबेला हजार भन्दा बढिले ज्यान गुमाए भने अरबौ अरब डलरको क्षति हुन गयो। बाढि, हुरिकेनबाट पटक पटक पिडित यस राज्यमा सन १९५३ देखि हालसम्म ६० पटक इमर्जेन्सि लागि सकेको छ।

७) अलाबामाः- हुरिकेन इसाकले सन २०१२ मा र गुस्ताबले सन २००८ मा बर्बाद बनायो यस राज्यलाइ। क्याट्रिना, डेनिस सन २००५, इभान २००४ र २०११ को हुरिकेन, टोर्नेडोबाट २५० भन्दा बढिको ज्यान गयो भने झन्डै २ बिलियन डलर जतिको स्रोत र साधनको क्षति भयो यस राज्यमा। सब १९५३ देखि हालसम्म ५८ पटक प्रकोप इमरेजेन्सि लागु भैसकेको छ यस राज्यमा।

८) अरकान्सासः- भारि बर्षा, हिउ आइस। टोरनेडो बाढिबाट पिडित हुने गरेको यस राज्य पनि बस्न उपयुक्त भएको राज्य मानिदैन। ट्रोपिकल स्ट्रम, सन २००८ को गुस्ताब हुरिकेनले बिचलित यस राज्यमा हालसम्म ५८ पटक प्राकृतिक प्रकोपका कारण आपतकालिन घोषणा भैसको छ।

९) केन्टकिः- बाढी पैरो, माटो एबम ढुङ्गा स्खलन, टोरनेडो बाट पटकै पिच्छे प्रभाबित यस राज्य सन २००८ को हुरिकेनबाट नराम्ररि प्रभाबित भयो। सन २००४ मा आएको भिषण हिउपातको रेकर्ड र असर सधै स्मरणीय रहने भयो। सन १९५३ देखि हालसम्म ५६ पटक प्रकोप आपतकालिन घोषणा भैसकेको यस राज्य पनि प्रकोपका कारण उपयुक्त मानिदैन बसाइका लागि।

१०) मिजौरिः- हिउपात, बर्षा, आइस र हिउ एबम बाढीका लागि ठेगानै नभएको यस राज्य प्राक्रितिक प्रकोपको भर्नेबल राज्यको रुपमा लिने गरिन्छ। टोर्नेडो र बाढिको प्रकोप यस राज्यमा सन १९५३ देखि हालसम्म ५५ पटक इमरजेन्सि राज्य घोषणा भैसकेको छ।

हेर्ने आधार भनेको बिगतको प्रकोप रेकर्ड, अबस्था र इमेरजेन्सि स्कोर नै हो। प्राकृतिक प्रकोप, जलबायु र मौसमि जोखिमतालाइ हेरि सुरक्षित राज्यहरुमा बसाइ सर्नु नै उपयुक्त देखिन्छ।