Monday, September 10, 2018

फेसबूकमा रोजगारीको अवसर, तलब ६ लाख, नेपालीलाई पनि मौका

फेसबूकले गालीगलौज, अश्लीलता र आतंकवाद सम्बन्धी कन्टेन्ट हटाउनका लागि संसारभरि २० हजार मोडरेटर नियुक्त गर्ने प्रतिबद्धताको कार्यान्वयन शुरू गरिसकेको छ ।

भारतको बिजनेस प्रोसेस म्यानेजमेन्ट कम्पनी जेनप्याक्टले यस वर्षको फेसबूक कन्टेन्ट म्यानेजमेन्ट सर्भिस कन्ट्य्राक्ट हासिल गरेको थियो ।

कम्पनीले नेपाली, तमिल, कन्नड, ओडिया, छत्तीसगढी, मराठी, मिजो र पञ्जाबीसहित अन्य भारतीय भाषामा कन्टेन्ट मोडरेटर लिइरहेको छ ।

जेनप्याक्टले अनलाइन अप्लायमेन्ट प्ल्याटफर्ममार्फत भेकेन्सी निकालेको थियो र अगस्टदेखि नै वाक इन इन्टरभ्यु लिइरहेको छ ।

कम्पनीका प्रवक्ता भन्छन्, ‘फेसबूकमा प्रयोगकर्ताहरूले हालेका कन्टेन्ट र भिडियो मोनिटर र मोडरेट गर्ने काम हो । त्यसले अन्लाइन कम्युनिटीलाई सुरक्षित र रमाइलो वातावरण दिलाउँछ । मोडरेटरहरूले यौन हिंसा, आतंकवाद,
बच्चाको यौन शोषण, लाइभ आत्महत्या भिडियो र हिंसात्मक कन्टेन्टहरू हेरेर असहज अनुभव नगरी हटाउनुपर्नेछ । यसका लागि वार्षिक ६ लाख रुपैयाँको तलब दिइनेछ । अनि कन्टेन्ट मोडरेटरहरूले मासिक भत्ता पनि पाउनेछन् ।

त्यसो त फेसबूक आफैंले पनि कन्टेन्ट मोडरेटरहरू नियुक्त गर्छ । अनि ५० भन्दा बढी भाषामा पोस्टहरूलाई मोनिटर गर्नका लागि ऊ जेनप्याक्ट जस्ता कम्पनीलाई आउटसोर्सिङ पनि गर्छ ।

फेसबूक प्रवक्ताले भने, ‘सुरक्षामा हाम्रो टीमको साइज यस वर्ष दुईगुणा बढाउँदैछौं । संसारभरि २० हजार मानिस यसका लागि काम गर्नेछन् । तीमध्ये ७ हजार ५०० कन्टेन्ट समीक्षकको टोली पनि छ र त्यसमा वृद्धि भइरहेको छ ।’

No comments:
Write comments